News अर्थ देश

आगामी वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

आगामी वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यस आर्थिक वर्ष २०७४/२०७५ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत गरेका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।

 

जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

 

त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ । बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्रीले उलेख गरेका छन् ।

 

त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् । कर्मचारीको महंगी भत्ता वृद्धि गरिएको छ भने विदेशबाट सय ग्रामसम्म काँचो सुन ल्याउन पाइने व्यवस्था गरिएको छ । प्रस्तुत बजेटमा पश्चिम सेती नेपालले नै बनाउने घोषणा पनि बजेटमार्फत गरिएकाे छ ।

बजेटकाे पूर्णपाठ पढ्नका लागि यहाँ क्लिक गर्नुहाेस् ः

 

 

बजेट  अर्थमन्त्री डा. युवराज खतिवडा

विशेष