गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने
काठमाडौं। सरकारले गरिबहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ । सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरेको छ ।
यस्तै पराल र खरका घर विस्थापित गरेर सर्वसाधारणलाई सुरक्षित छानो बनाइदिने पनि बजेटमा उल्लेख छ ।