परराष्ट्र मन्त्रालयले भन्याे, भारतीय विदेशमन्त्री स्वराजको अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’
काठमाडौँ । सरकारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहको सन्दर्भलाई जोडेर विदेशमन्त्री शुष्मा स्वराजले दिएको अभिव्यक्तिलाई दुर्भाग्यपूर्ण भनेको छ ।
आफ्नो अभिव्यक्तिबारे खेद प्रकट गर्दै भारतका विदेशमन्त्रीले क्षमायाचना गरेको जानकारी नेपाल सरकारलाई प्राप्त भएको जनाउँदै परराष्ट्र मन्त्रालयले उक्त विषयमा आम नेपाली जनताले चासो व्यक्त गरेकामा हार्दिक आभार व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्री स्वराजले एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरका लाखाैं भारतीय नागरिकहरूलार्इ सम्बोधन गरेको भन्दै विवादाष्पद अभिव्यक्ति दिएकी थिइन् ।
नेपाल भ्रमणका क्रममा जनकपुरमा अायोजित नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधनलार्इ विदेश मन्त्री स्वराजले भारतीय नागरिकलार्इ सम्बोधन गरेको भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
नरेन्द्र मोदी शुष्मा स्वराज परराष्ट्र मन्त्रालय