News अर्थ देश

सरकारले विद्यार्थीलार्इ प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण दिन कञ्जुस्याइ गर्‍याे

सरकारले विद्यार्थीलार्इ प्रमाणपत्र धितो राखेर निब्र्याजी ऋण दिन कञ्जुस्याइ गर्‍याे

काठमाडौं । सरकारले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै बेरोजगारलाई स्वरोजगार बनाउन र पढ्नका लागि विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर सात लाखसम्म पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने घोषणा गरे । 

 

सरकारको यो घोषणालाई स्वागत गर्दै अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले यसले शिक्षामा नयाँ क्रान्ति ल्याउने बताए । उनले विद्यार्थीलाई दिइने ऋणले बेरोजगार विद्यार्थीलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने छ, उनले भने, ‘ऋणबाट गरिब, पिछडिएका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा पनि सहयोग गर्नेछ ।’

 

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकारको यो कदमप्रति स्वागत गर्दै विद्यार्थीलाई यसबाट केही हदसम्म भएपनि राहत मिल्ने बताए ।संघले निब्र्याजी रुपमा ऋण माग गरे पनि सरकारले व्याजमा ऋण रकम दिएको बताउँदै उनले महँगो शिक्षा पढ्नलाई सहयोग नगर्ने बताए । 


अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले विद्यार्थीका माग आंशिकरुपमा सरकारले सम्बोधन गरेको प्रतिक्रिया दिए । आफूहरुले निब्र्याजी ऋण मागे पनि सरकारले पाँच प्रतिशतमा दिएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिनुपर्नेमा जोड दिए ।

 

विद्यार्थी संगठनले विगत एक वर्षदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिनका लागि माग गर्दै आएका थिए ।

नैनसिंह महर बजेट रञ्जीत तामाङ महेश बर्तौला

विशेष