News अर्थ

सरकारले ल्याएको बजेटले माछा-माछा, भ्यागुताेकाे अनुभूति भयाेः बाबुराम भट्टराई

'कम्युनिस्ट सरकारले आफैंले देखाएका सपना तुहायाे'

सरकारले ल्याएको बजेटले माछा-माछा, भ्यागुताेकाे अनुभूति भयाेः  बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको बजेटले आफू निराश भएको प्रतिक्रिया दिएका छन्।

 

पूर्वअर्थमन्त्री समेत रहेका उनले बजेटले विकास र समृद्धितर्फ जाने जनताको अपेक्षालाई सम्बोधन गर्न नसक्ने स्पष्ट पारे । संयोजक भट्टराईले प्रदेश र स्थानीय तहमा एक चौथाईभन्दा पनि कम बजेट विनियोजन गरेर सरकारले गम्भीर त्रुटि गरेको दावी समेत गरे ।

 

उनले भने ‘याे बजेटबाट विकास र समृद्धिको आधार बन्छ त्यसका लागि गुणात्मक कार्यक्रम आउँछ भन्ने थियो तर त्यो देखिएन । यलले उहाँहरुलाई नै नोक्सान हुन्छ । आफैंले देखाएका सपना तुहाउनुभएको छ । भट्टराईले बजेट सुन्दै जाँदा 'माछा माछा भ्यागुताे' काे अनुभूति भएकाे बताए ।

 

 'बजेट सुन्दै जाँदा 'माछा माछा, भ्यागुता' जस्तो पो अनुभूति भयो ! बजेट सबै हिसाबले पुरानैको निरन्तरतामा आयो ! जबकि आवस्यकता समृद्धिको युगतर्फ फड्को हान्ने संरचनात्मक परिवर्तनको थियो । त्यो न राजस्व, न भित्री र बाहिरी लगानी, न क्षेत्रगत विनियोजन, न प्रदेश र तल हस्तान्तरणमा कतै देखिएन ' उनले भने ।

 

 

डा. बाबुराम भट्टराई बजेट

विशेष