News राजनीति

राति नै ‘क्याबिनेट’, राति नै आममाफी

राति नै ‘क्याबिनेट’, राति नै आममाफी

काठमाडौं । व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट दोषी ठहर भइ सर्वस्वसहित जन्मकैद तोकिएका बालकृष्ण ढुंगेललाई सरकारले कैद मिनाहा गर्ने निर्णय गरेको छ । 

 

सर्वोच्च अदालतले सोमबार मात्र ढुंगेललाई कैदमिनाहा गर्न तयार पारेको  सक्कली फाइल मगाएको थियो । मन्त्रिपरिषद्ले सोमबार राति ११ बजे कैद मिनाहाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट सरकारको निर्णय तत्काल सदर भएपछि ढुंगेलले उन्मुक्ति पाएका छन् ।

 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जिल्ला अदालतले ढुंगेललाई दोषि ठहर गर्दै सर्वस्वसहित जन्मकैद तोकेको थियो । पर्याप्त प्रमाण नपुगेको बताउँदै तत्कालीन पुनरावेदन अदालत राजविराजले ढुंगेलको मुद्दा खारेज गरको थियो । 

 

सर्वोच्च अदालतले ०६६ सालमा जिल्ला अदालतको निणर्य सदर गरेको थियो । सत्ता र शक्तिको आडमा सर्वोच्चको निर्णय लत्याउँदै 'फरार' रहेका ढुंगेल तत्कालीन माओवादीका उच्च नेताको साथ सार्वजनिक समारोहमै देखिँदै आएका थिए । तर, प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

 

फैसलाको आठ वर्षपछि गत कात्तिकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पक्राउ गरेको थियो ।

बालकृष्ण ढुंगेल सर्वोच्च अदालत

विशेष