News

ढुंगेललाई रिहा गरेकोमा कांग्रेसको आपत्ती

ढुंगेललाई रिहा गरेकोमा कांग्रेसको आपत्ती


अदालतले दोषी ठहर गरी जेल सजाय सुनाइएका बालकृष्ण ढुंगेललाई सरकारले जेलमुक्त गरेकोमा नेपाली कांग्रेसले विरोध जनाएको छ ।

 

सरकारले गणतन्त्र दिवसको अवसर पारेर द्वन्द्वकालको हत्या अभियोगमा जेल सजाय भुक्तान गरिरहेका तत्कालीन माओवादी नेता ढुंगेलको बाँकी जेल सजाय मिनाहा गरेको थियो । यसैको विरोधमा प्रमुख प्रतिपक्षी समेत रहेको कांग्रेसको संसदीय दलको बुधबार बसेको बैठकले ढुंगेलको बाँकी कैद सजाय मिनाहा गरेकोमा सरकारले गलत काम गरेको निष्कर्ष निकालेको हो । 

 


संविधान र कानुन विपरीत ढुंगेललाई रिहा गर्ने सरकारको निर्णय कुनै पनि हालतमा मान्य नहुने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए । 

 

 

काँग्रेसले ढुंगेलको आचरणमा पनि सुधार नआएको र उनलाई जेल सजाय मिनाह गर्ने सरकाको निर्णय विधिसम्मत समेत नभएको भन्दै आपत्ति जनाएको हो ।
 

बालकृष्ण ढुंगेल

विशेष