News

होटलमा आगो लाग्दा एक करोडको क्षति

होटलमा आगो लाग्दा एक करोडको क्षति

काठमाडौं । रसुवाको टिमुरेमा सञ्चालित होटलमा लागेको आगो नियन्त्रणमा लिइएको छ । बुधबार विहान साढे ११ बजेदेखि लागेको आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

 

आगोलागीबाट होटलमा करिब एक करोडको क्षती भएको प्रहरीले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा छिरिङ छिङ्देलले सञ्चालन गरेको होटलमा आगलागी हुँदा होटलमा रहेको नगद, फर्निचर, लत्ताकपडा र खाद्यान्न जलेर नष्ट भएको छ । 


 पूजाकोठाबाट सल्किएको आगोले दुई तले कच्ची घर जल्दा ९९ लाख ६४ हजार बराबरको क्षति भएको र ८ लाख रुपैयाँ नगद जलेको प्रहरीको अनुमान छ । होटलमा हराएको १८ तोला सुनमध्ये १० तोला सुन फेला परेको प्रहरी नायब उपरीक्षक शरदकुमार थापा क्षेत्रीले बताए । 

आगो

विशेष