News प्रदेश २

शहीदको पत्नीले पाइन् प्रदेश २ मा रोजगारी

शहीदको पत्नीले पाइन् प्रदेश २ मा रोजगारी

प्रदेश २ मा शहीद परिवारले रोजगारी पाएका छन् । 


मुख्यमन्त्री लालबावु राउतले बुधबार शहीद रामविवेक यादवकी पत्नी अनिलाकुमारी यादवलाई मुख्य न्यायाधीवक्ताको कार्यालयमा कार्यालय सहयोगी पदमा करारमा नियुक्ति दिएका हुन् ।

 

शहीद परिवारको सदस्यलाई  रोजगारी दिने  प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकको निर्णयअनुसार यादवले नियुक्ती पाएकी हुन् । सहिद रामविवेक यादवको महोत्तरीको जलेश्वरमा मधेसी मोर्चा लगायतकाले गरेको चलुु जलेश्वर, भरु जलेश्वर आन्दोलनको क्रममा २०७३ भदौं २३ प्रहरीले चलाएको गोली लागि मृत्यु भएको थियो ।

 

शहीद यादवको घरमा पत्नी, एक छोरा, आमा, बुवा रहेका छन् । 
 

शहीद परिवार लालबावु राउत

विशेष