News

भरतपुरकाे मेडिकल सुपरिटेण्डेन्टमा डा. खड्का नियुक्ती

भरतपुरकाे मेडिकल सुपरिटेण्डेन्टमा डा. खड्का नियुक्ती

चितवनको भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. रविन खड्काले नियुक्ती पाएका छन् रेडियोलोजिष्ट डा. खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए । 

 

तर केहि समयअघिदेखि नै डा. खड्काले भरतपुर अस्पतालको मेसु हुन प्रयास गरेका थिए । तर, अस्पतलाका पूर्व मेसु डा. केशव भुर्तेलको भष्ट्राचारको मुद्धाको सुनुवाइ बाँकी रहेकोले खड्काको बाटो खुलेको थिएन । 

 

बिषेश अदालतले डा. भुर्तेललाई भष्ट्राचारी ठहर गरेपछि डा. खड्काले नियुक्ती पाएका हुन् ।  । नवौं तहका चिकित्सक रहेका डा. खड्कालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा नियुक्त गरेको हो । 


 

नयाँ मेडिकल सुपरिटेण्डेन्ट

विशेष