News

ढुंगेलको रिहाइ राजनीतिक मुद्धा भएकाले दलहरूकै सहमतीमा गरेका हाैँ : गृहमन्त्री

ढुंगेलको रिहाइ राजनीतिक मुद्धा भएकाले दलहरूकै सहमतीमा गरेका हाैँ : गृहमन्त्री


काठमाडाैं ।बालकृष्ण ढुंगेल रिहाइमा प्रतिपक्षी दल कांग्रेसले आपत्ती जनाइरहेको छ  । यसैविचमा गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले भने ढुंगेलको रिहाइ राजनीतिक मुद्धा भएकाले दलहरूकै सहमतीमा गरिएको बताएका छन् ।

 

चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै मृहमन्त्री थापाले हरेक वर्ष गणतन्त्र दिवशको अवसरमा असल चालचलन भएको कैदी बन्दी रिहाइ गरिने हुनाले यसपाली पनि नियमित प्रक्रियाको अनुसार रिहाइ गरेको जानकारी गराएका हुन् ।

 

 ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको हुनाले यसमा आपत्ती नजनाउन गृहमन्त्री थापाले अनुरोध गरेका छन् । 


कुराकानीमा प्रशंग बदल्दै विप्लब र सिके राउतलाई देशमा अस्थिरता मच्चाउन खोजे राज्यले कानुनी कदम चाल्ने चेतावनी समेत दिए । 
 

गृहमन्त्री

विशेष