News अपराध सुरक्षा

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान

हिन्दु धर्मगुरु श्रीनिवासाचार्य जेल चलान

 

हिन्दु धर्मका धर्मगुरु श्रीनिवासाचार्य पूर्पक्षको लागि जेल चलान भएका छन् । आफैँलाई गोली हान्न दोस्रो व्यक्ति प्रयोग गरेका श्रीनिवासाचार्यलाई मोरङ जिल्ला प्रशासन कार्यालयमा भएको बयानपछि पूर्पक्षको लागि जेल चलान गरिएको हो ।

 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्रीनिवासाचार्यलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ । उनीसहित उनका सहयोगी माधव चौधरी  लक्ष्मीरा अधिकारी समेत जेल चलान भएका छन् ।

 

उनलाइ प्रमुख जिल्ला अधिकारीले  हात हतियार खर खजाना २०१९ को दफा २४ को (क) बमोजिम जेल हाल्न आदेश दिएका हुन् । श्रीनिवासचार्यले चैत्र २५ गते हिन्दु धर्म बचाउन भन्दै रहस्यमय रुपमा रामजानकी मन्दीरमा गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । 

श्रीनिवासाचार्य

विशेष