म बालकृष्ण ढुंगेललाईै चिन्दिन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री के.पी शर्मा ओलीले आफु महाराजा नभई राजा फालेर आएको कुरा व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको र्बैठकलाई सम्बोधन गर्ने क्रममा मंगलबार सांसद थापाले प्रधानमन्त्री राजा होइन भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले जवाफ दिएका हुन् । ढुंगेललाई कैद मिनाह गरेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको थियो ।
विरोध जनाउँदै सांसाद थापाले बैठकमा हिजो राजाले माफी दिने गरेको तर गणतन्त्रमा प्रधानमन्त्री ‘राजा’ नभएकाले माफी दिन नमिल्ने बताएका थिए ।
ढुंगेलको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले नियमअनुसार नै ढुंगेललाई रिहाइ गरिएको बताए ।
आफूले व्यक्तीगत रुपमा ‘बालकृष्ण ढुगेंल’लाई नचिन्ने तर कारागार व्यवस्थापन विभागले गरेको सिफारिसका आधारमा सरकारले ८१६ जनाको बाँकी कैद मिनाह गर्न सिफारिस गरेको स्पष्ट पारे ।
प्रधानमन्त्री के.पी शर्मा ओली