पूर्वप्रन्या गोपाल पराजुलीलाई बेहोस पारेपछि डाक्टरले भनेछन्, ‘अदालतमा भाँडभैलो गर्ने गर्ने यिनै हुन्’
काठमाडौं । एनेस्थेसिया दिएर बेहोस बनाइएका बिरामीलाई उपचारका खटिएका चिकित्सकले मानमर्दन गर्ने नियतले सबैको सामु गाली गरे भने त्यस्तो चिकित्सकलाई के भन्ने ? मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका चिकित्सक पुकार श्रेष्ठको व्यवहारका कारण यस्तो प्रश्न उठेको छ ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका सहोदर भाई पुकारले हालै सेवानिवृत हुनुभएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई एनेस्थेसिया दिएर बेहोस बनाइएको अवस्थामा केन्द्रमा उपस्थित मानिसहरुका अघिल्तिर उभिएर ‘अदालतमा भाँडभैलो मच्चाउने व्यक्ति’ भन्दै गाली गरेका थिए ।
नजिकै उभिएकी पराजुली पत्नीले त्यसको तत्काल प्रतिवाद गर्दै तपाईको काम बिरामीको उपचार गर्ने हो कि बद्ख्वाई गर्ने हो ?’ भनेर प्रश्न गरेपछि कल्याण श्रेष्ठका भाई डाक्टर पुकार श्रेष्ठ त्यहाँबाट भागेका थिए ।
घटना र विचार साप्ताहिकबाट