News

नेविसंघद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेविसंघद्धारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

सरकारले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा  गरी रिहाइ गरेकोे विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रुपन्देहीमा प्रदर्शन गरेका छन् ।

 

राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले राष्ट्रपति विद्यादेव भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत  जलाएका हुन् ।

 

राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरेको हो ।राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउन लागेपनि प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवि बस्यालले बताए । 


 

नेपाल विद्यार्थी संघ

विशेष