News अर्थ शेयर

बजेट प्रभावः नेप्सेसँगै घट्यो कारोबार रकम

बजेट प्रभावः नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन नेप्से परिसूचक ओरालो लागेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी देखिएको छ ।

 

बजार खुलेको केही समयपछि तीव्र गतिमा ओरालो लागेको नेप्से कारोबारको ४० मिनेटपछि उकालो लागेको थियो । तर, नेप्सेले सोही गतिलाई निरन्तरता दिन सकेन ।

 

 फलस्वरूप १ हजार ३ सय ३८ बिन्दुमा पुगेर नेप्से पुनः ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेटले पुँजीबजार विस्तारका नयाँ नीति ल्याउने कुरामा लगानीकर्ता आशावादी छन् । 


बजेटले पुँजीबजारमा भ्याट लागू नगर्ने, पुँजीगत लाभकरमा सामान्य परिवर्तन गर्ने आदि कुरालाई सम्बोधन गर्ने लगानीकर्ताको अपेक्षा रहेको छ । सो अपेक्षाअनुसार बजेट आएमा बजारले नयाँ उचाइ कायम गर्ने एक लगानीकर्ताले बताए ।

नेप्से परिसूचक बजेट

विशेष