News खेल

विश्वकपबारे फुटबल प्रेमीले जान्नै पर्ने १८ रोचक तथ्य

विश्वकपबारे फुटबल प्रेमीले जान्नै पर्ने १८ रोचक तथ्य

काठमाडौं । विश्वकप फुटबवलले संसारको ध्यान खिच्ने गरेको छ । विश्वकप आयोजक देश तथा सहभागी राष्ट्रहरुमा मात्र होइन विश्वभरका सबै जसो देशमा विश्वकपको रौनक हुने गरेको छ । के बालक के वृद्ध वा युवा सबैलाई विश्वकप फुटबलले एकितृत गर्ने गरेको छ । उनीहरु विभाजीत हुन्छन् त केवल आफूले सर्पोट गरेको टीमले जित्नु पर्छ भन्ने विषयमा ।

 

संसारभर चासो भएको विश्वकप फुटबलका अनेक रोचक तथ्यहरु रहेका छन् । यहाँ विभिन्न समय र मुलुकहरुमा भएका विश्वकप फुटबलका केही रोचक तथ्यको बारेमा चर्चा गरिएको छ ।


१. २०१८ मा रसियामा हुन लागेको विश्वकप रुसले इतिहासमै पहिलो पटक गर्न लागेको हो । २०१८ को सहभागितान रुसको ११ औं पटक हो । रुस हालसम्म सबैभन्दा माथि चोथो स्थानसम्म पुग्न सफल भएको छ जुन १९६६ मा हो ।

२. विश्वकप २०१८ मा सहभागि हुँदा ब्राजिलको २१ औं पटकको सहभागिता हुन्छ । विश्वकपका सबै संस्करणमा सहभागिता जनाउने एक मात्र टोली ब्राजिल हो । विश्व फुटबलको महारथी ब्राजिलले ५ पटक विश्वकप उपाधी उचालि सकेको छ । इटाली र जर्मनी ब्राजिल पछि धेरै उपाधी उचाल्ने मुलुकमा पर्छन जसले समान चार पटक उपाधि उचालेका छन् ।

३. विश्वकपमा सबैभन्दा धेरै उमेरमा गोल गर्ने खेलाडी क्यारुनका रोजर मिला हुन् । उनले ४२ वर्षको उमेरमा १९९४ को विश्वकपमा रसिया विरुद्धको खेलमा गोल गरेका थिए ।

४. पहिलो विश्वकप सन् १९३० मा उरुग्वेमा आयोजना भएको थियो । पहिलो विश्वकपको आयोजक र उपाधि विजेता उरुग्वे नै बनेको थियो

५. सन् १९६६ मा विश्वकप ट्रफी नै हराएको थियो, त्यो पनि सात दिनसम्म । उक्त ट्रफी विश्वकप सुरु भए लगत्तै हराएको थियो ।

६. विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल अन्तरको हारजित र एकै खेलमा धेरै गोल १९५४ मा भएको थियो । स्वीजरल्यान्ड विरुद्ध अष्ट्रियाले ७–५ गोल गरेको थियो ।

७. विश्वकपमा सबैभन्दा धेरै हार मेक्सिकोले बेहोरेको छ । त्यस्तै मेक्सिकोले १४ खेलमा जित र १४ खेलमा बराबरी खेलेको छ ।

९. २०१८ को विश्वकपका लागि ३२ टिम छनोट भएका छन् भने २०२६ यो संख्या ४८ पुग्ने छ ।

१०. २०१० को विश्वकप आयोजक दक्षिण अफ्रिका बाहेर सबै आयोजकहरु दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यस्तै आयोजक मध्ये ३० प्रतिशत (६/२०)ले उपाधी चुमेका छन् । पछिल्लो पटक यसरी उपाधी चुम्ने मुलुक फ्रान्स हो १९९८ मा ।

११. अहिलेसम्म विश्वक फूटबल उपाधी युरोपेली मुलकले (११) र र दक्षिण अमेरिकी मुलुकले  (९) पटक चुमेका छन् ।

१२. विश्वकप इतिहासमा आफ्ना सबै खेल जित्ने ४ वटा मुलुकहरु मात्र रहेका छन् । ती हुन् उरुग्वे (४÷४ मा १९३०), इटाली (४/४ मा १९३८) र ब्राजिल (६/६ पटक १९७० र ७/७ २००२ मा) ।

१३. अहिलेसम्म विश्वकप नै नजितेको तर धेरै पटक छनोट भएको मुलुक मेक्सिको हो । मेक्सिकोले १६ पटक विश्वपमा सहभागिता जनाएको छ ।

१४. हालका खेलाडी मध्ये जर्मनीका थोमस मुलर त्यस्ता खेलाडी हुन् जसले पछिल्लो दुई विश्वकप खेलमा १० गोल गरेका छन् । मुलर विश्वकपमा सबैभन्दा धेरै गोल गर्नेको सूचीमा छैटौं स्थानमा छन् भने सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोज (१६) हुन् ।

१५. हालसम्म विश्वकप जितेका सबै देशका प्रशिक्षक सम्बन्धित देशका छन् ।

१६. पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप छनौट चरणमा १८ गोलमा प्रत्यक्ष संलग्नता रहेको छ ।

१७. विश्वकपमा छनोट हुने मध्ये सबैभन्दा कम जनसंख्या भएको देश आइसल्यान्ड हो जहाँ ३ लाख ३४ हजार जनसंख्या छ ।

१८. ब्राजिल एउटा मात्रै यस्तो देश हो, जसले उपाधि रक्षा गरेको छ । १९५८ मा विश्वकप उपाधी चुमेको ब्राजिलले १९६२ मा उपाधी रक्षा गरेको थियो ।

विश्वकप फुटबवल रौनक

विशेष