News Technology

टेलिकमको मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन

टेलिकमको मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन

काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवालाई पुनः सञ्चालन गरेको छ । गणतन्त्र दिवस २०७५ को अवसरमा कम्पनीले सो सेवा गणतन्त्र दिवसका दिनदेखि पुनः सञ्चालनमा ल्याएको छ । 


    जीएसएम पोष्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । यो सेवा शुभारम्भ भए पश्चात् सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको वारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । 


    सेवा शुभारम्भ गर्नको लागि उपभोक्ताले एसयुबी लेखेर स्पेस दिँदै एमसीए लेखेर १४०० मा एसएमएस गर्ने वा स्टार १४०० ह्यास  डायल गर्नुपर्ने हुन्छ ।   नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्ताहरुलाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने भएको छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्ने छ ।


यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्ने छन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्ने छन् । 


त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्क भित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक ५ दिन भित्र प्रयोग गरिसक्नु पर्नेछ । 

नेपाल टेलिकम गणतन्त्र दिवस जीएसएम प्रिपेड मोबाइल

विशेष