हत्या गरिएका भनिएका पत्रकार जीवितै भेटिए !

किभ । पश्चिमा सञ्चारमाध्यमले हत्या भएका पत्रकार अर्कादी बाब्चेन्को जीवितै फेला परेका छन्। उनले बुधबार साँझ युक्रेनी टेलिभिजनमा बोल्दै आफू जीवितै रहेको बताएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रूसी पत्रकारको गोली हानी उनको हत्या गरिएको पश्चिमा सञ्चारमाध्यमले दाबी गरेका थिए।
उनको हत्या युक्रेनको राजधानी किभमा मंगलबार साँझ भएको बताइएको थियो। ती पत्रकारले युक्रेनबाट क्रिमिया टुक्रिने समयमा पुटिनको भूमिकाको निकै विरोध गरेका कारण रूसी सत्ताको आदेशमा हत्या गराइएको समाचार सम्प्रेषण गरिएका थिए।
राजधानी मस्कोमा रहेर पत्रकारिता गरिरहेका उनी त्यसपछि भागेर प्राग पुगेका र पछि किभमा बस्दै आएका थिए। उनी के कस्तो असुरक्षा थिए भन्ने बारेमा केही खुलाइएको थिएन। उनको हत्यापछि प्रहरीेले अनुसन्धान सुरु भएको जानकारी दिएको थियो।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धमा उनले केही समयअघि निकै समाचार लेखेका थिए। उनी रूसका चर्चित र खोज पत्रकार मानिन्छन्। युक्रेनको राजधानी किभमा मंगलबार साँझ गोली हानी छोडिएको अवस्थामा फेला परेका उनको केही क्षणमै ज्यान गएको बताइएको थियो।
उनको शरीर रगतले लत्पतिएको अवस्थामा भेटिएको किभ प्रहरीले जनाएको थियो। यद्यपी अहिलेसम्मको अवस्था हेर्दा उनको निकै पहिलादेखि नै पछ्याएर र सुनियोजित रूपमा हत्या भएको संकेत मिलेको पश्चिमा सञ्चारमाध्यमले जोडतोले उल्लेख गरेका थिए। अर्कादी बाब्चेन्को ४१ वर्षका छन्। उनी युक्रेनबाट क्रिमिया टुक्रिएर रूसमा विलय भएदेखि नै पुटिनका आलोचक बनेका थिए। एजेन्सी
पत्रकार अर्कादी बाब्चेन्को