News

अबैध रुपमा नेपाल भित्र्याउँदै  गरेको हार्डवयरका समान बरामद

अबैध रुपमा नेपाल भित्र्याउँदै  गरेको हार्डवयरका समान  बरामद

अबैध रुपमा नेपाल भित्र्याउँदै  गरेको हार्डवयरका समान सशस्त्र प्रहरीले धनगढीबाट नियन्त्रणमा लिएको छ ।

 

 
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ गौरीकटान पार्की टोलमा स्थानीय प्रकाश पार्कीको घरमा लुकाइ राखेको अवस्थामा करिब २ लाख ५० हजार मूल्य बराबरका विभिन्न हार्डवेयर र पेन्ट्सहरु नियन्त्रमा लिइ भन्सार कार्यालय कैलालीलाई बुझाएको प्रहरीले जनाएको छ । 

 

सुदूरपश्चिम क्षेत्रीय मुख्यालय सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी अत्तरियाबाट खटेको टोलीले उक्त परिणामको समान नियन्त्रमा लिइ भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी अत्तरियाका सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजी नगेन्द्र थापाले जानकारी दिए ।

 

उनले अवैध रुपमा समान आइरहेको सूचनाका आधारमा उक्त समान पक्राउ गर्न सफल भएको जानकारी दिए ।
 

सशस्त्र प्रहरी

विशेष