News स्वास्थ्य

सरकारी अस्पतालमा थन्किए करोडौँका उपकरण

सरकारी अस्पतालमा थन्किए करोडौँका उपकरण

काठमाडाैं । देशका १४ ठूला सरकारी अस्पतालमा करोडौँ मूल्यमा खरिद गरिएका उपकरण प्रयोगविहीन छन् । आवश्यक जनशक्ति अभाव भएकाले उपकरण प्रयोगविहीन भएको सम्बन्धित अस्पतालका प्रमुखहरू बताउँछन् ।

तर, सञ्चालन गर्ने क्षमता नभई उपकरण खरिद गर्नुमा कमिसनको स्वार्थ रहेको आरोप लाग्ने गरेको छ । तीन अस्पतालले आवश्यक नै नभएको उपकरणसमेत खरिद गरेका छन् । कतिपय अस्पतालले पूर्वाधार तयार नहुँदै उपकरण आपूर्ति गरेको देखिएको छ ।

 

भक्तपुर जिल्ला अस्पतालकी प्रमुख डा. सुधा देवकोटाले उपकरण खरिद गरिएको भए पनि सञ्चालनमा ल्याउन नसकेको बताइन् । तर, उनले प्रयोगविहीन उपकरण आफूले नभई पुरानै प्रशासनले खरिद गरेको बताइन् । उनका अनुसार खरिद भएका उपकरणको परीक्षणसमेत गरिएको छैन ।

 

८ अस्पतालले ७ करोड १ लाख ३८ हजार मूल्यका विभिन्न उपकरण खरिद गरेको, तर सञ्चालनमा नआएको महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनमा पनि छ । अन्य ६ अस्पतालले खरिद गरेका विभिन्न उपकरणको मूल्य भने खुलाइएको छैन । नयाँ पत्रिकाबाट ।

सरकारी अस्पताल उपकरण

विशेष