News देश प्रदेश ३

कुहिन थाले काष्ठमण्डपका काठ

कुहिन थाले काष्ठमण्डपका काठ

काठमाडौं । भुइँचालो गएको तीन बर्ष पुग्दा पनि विवादका कारण पुनर्निर्माणको काम अघि बढ्न नसक्दा काष्ठमण्डपका काठ हुहिने गरी अलपत्र अवस्थामा पुगेका छन् । 

 

वसन्तपुर दरवार क्षेत्रको बाहिर ठाउँ ठाउँमा राखिएका छन् । शिवपार्वती मन्दिरको पश्चिमतिर एक थुप्रो राखिएको छ भने अर्को थुप्रो दरबार क्षेत्रको ठूलो घण्टा छेउमा राखिएको छ ।

 

केही हनुमानढोका दरबारभित्र छन् । सम्पदा विज्ञ तेजरत्न ताम्राकार भन्छन्, 'यो बर्खामा पनि व्यवस्थापन गर्न सकिएन भने अधिकांश कामै नलाग्ने हुन्छन् । बाटोमै अलपत्र छाडिएकाले हराउने डर पनि उत्तिकै छ ।'

 

यहाँका धेरै काठ काम लाग्ने नै छन् । तर संरक्षण गर्न पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरणलगायत निकायलाई अनुरोध गरे पनि नसुनेको ताम्राकारले गुनासो गरे । याे खबर आजको कान्तिपुरमा छ । 

काठ काष्ठमण्डप

विशेष