प्रदेश २ को संसद सुरू भएको पाँच मिनेटमै स्थगित
जनकपुर । प्रदेश २ कोसंसद बैठक स्थगित भएको छ । बैठक अर्को सूचना नहुन्जेलको लागि बैठक स्थगित गरिएको प्रदेश संसद सचिवालयका उपसचिव रंजितकुमार यादवले जानकारी दिए ।
संसद सुरु भएको पाँच मिनेटमै बैठक स्थगित भएको थियो । प्रतिपक्षी दल तोक्नु पर्ने माग गर्दै प्रदेश सभा २ को बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।
यसअघि बैशाख १५ गते बसेको बैठकमा नेपाली कांग्रेसले प्रतिपक्ष तोक्न माग गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।