News राजनीति प्रदेश २

प्रधानमन्त्री मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक बिदा

प्रधानमन्त्री मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक बिदा हुने भएको छ ।

 

बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव हरि फुयाँलले जानकारी दिए ।

 

सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले दुई वटा थप विद्येयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

 

नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत  व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानाएको छ ।

प्रदेश २ नरेन्द्र मोदी सार्वजनिक विदा

विशेष