News अपराध सुरक्षा समाज प्रदेश २

मोटरसाइकल दाइजो नपाएपछि बुहारीकाे हत्या

मोटरसाइकल दाइजो नपाएपछि बुहारीकाे हत्या

वीरगन्ज । दाइजो नपाएको निहुँमा वीरगन्जमा एक महिलाको हत्या गरिएको छ। वीरगन्ज महानगरपालिका- ३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आराको दाइजोको निहुँमा परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षको आरोप छ।  

 

मृतक अन्जुमकी आमा रोशन जहानले आफुलाई  फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन्। कतारमा रहेका ज्वाँइ अफरोजले छोरीलाइ फोन गरेर बुलेट मोटरसाइकल माइतीबाट माग्न पटक पटक दबाब दिँदै आएको भन्दै अन्जुमकी आमा रोशनले भनिन् ,‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएको हो। 

 

अहिले फेरि बुलेट मोटरसाइकल माग्दै उनीहरुले छोरीलाई यातना दिइरहेका थिए, त्यही बुलेट मोटरसाइकल दिन नसक्दा मैले मेरो छोरी नै सदाका लागि गुमानु पर्‍याे।  अन्जुमका बाबु मुस्तकिम देवानले एक वर्ष पहिले ज्वाँइ अफरोज घरमै छदाँ दाइजोको निहुँमा छोरीलाई पटक पटक यातना बताए। 

 

उनले  घरबाट निकालेर रक्सौलमा लगरे अलपत्र पारेर छाडेको बताउँदै भने ,‘त्यस बेला गाँउमै पञ्चायती बसाएर छोरीलाई ससुरा घरमा पठाएको थिए।’ ज्वाइँले दाइजोमा मागेको बुलेट मोटरसाइकल नदिएकै निहुँमा आफ्नो छोरी अन्जुमको उनका सासु, ससुरा, नन्द र फुपाजु सासुले घाँटी थिचेर हत्या गरेको मुस्तकिमको आरोप छ। याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ
 

वीरगन्ज दाइजो महिलाको हत्या

विशेष