News Technology

अब सबै नेपालीकाे व्यक्तिगत विवरण सरकारी एपमा

अब सबै नेपालीकाे व्यक्तिगत विवरण सरकारी एपमा

काठमाडौं । सरकाले व्यक्तिको सम्पूर्ण विवरणसहितको एप ल्याउने तयारी गरेको छ। व्यक्तिको नागरिकता नम्बर, प्यान नम्बर, बैंक खाता नम्बर, मोबाइल नम्बर, पासपोर्ट नम्बरलगायत तथ्यांक संकलन गरिएको सरकारी मोबाइल एप ‘माई गोभ’ ल्याउने तयारी सरकारले गरेको हो।

 

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७५ का अवसरमा बुधबार आयोजित कार्यक्रममा सरकारका आईटी विज्ञ अक्सर अलीले मोबाइल एपका बारेमा जनाकारी गराएका हुन्।

 

कार्यक्रममा अलीले सरकारले सूचना प्रविधिको क्षेत्रमा आगामी दिनमा गर्न लागेको योजना प्रस्तुत गरेका थिए। उनले सरकारले अब नागरिकका हरेक तथ्यांक एकीकृत डेटा प्रणालीमा संकलन गरी त्यसैलाई आधार मानेर सेवा प्रदान गर्ने बताएका छन्। ‘त्यसका लागि सरकाले हरेक व्यक्तिलाई नागरिकताको आधारमा एउटा मोबाइल एप उपलब्ध गराउनेछ’, उनले भने, ‘उक्त मोबाइल एप हरेक मन्त्रालय, विभाग, कार्यलयलगायतको सरकारी डेटा वेसमा जोडिएको हुनेछ।

 

एपमार्फत नागरिकले पनि सेवा प्राप्त गर्नेछन् भने सरकाले पनि आवश्यक परेमा असुल उपर गर्न एप प्रयोग गर्न सक्नेछ।’ उदाहरका लागि यदि कसैले घरको कर तिरेको छैन भने भूमिसुधार मन्त्रालयमार्फत मोबाइल एपमा कर तिर्न सूचना जारी गरी सरकारले तुरन्त दस्तुर तिर्न दबाब दिन सक्ने भयो। ग्राहकले पनि आफ्नो कर तिर्न समय, अथवा अन्य जानकारी त्यहीँबाट प्राप्त गर्न सक्नेछन्।

 

‘यसका लागि सरकारले हरेक नागरिलाई एप उपलब्ध गराउनेछ। यो सरकारको डाटावेससँग जोडिएको हुनेछ। जहाँ नागरिकता नम्बर, घरको कित्ता नम्बर, प्यान नम्बर, लाइसेन्स नम्बर, शिक्षा, रोजगारीलगायत सबै विषय राखिएको हुन्छ।’

 

अली भन्छन, ‘यसमार्फत यदि कुनै व्यक्तिको लाइसेन्सको म्याद सकिएको छ, अथवा गाडीको नवीकरण भएको छैन भने यातायात विभागले उक्त एप्समा सेन्देश पठाएर लाइसेन्स र गाडीको नवीकरणका लागि जानकारी गराउनेसम्मको काम गर्नेछ।’

 

उनका अनुसार त्यसका लागि कुनै ठूलो मानव स्रोत र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता छैन। गृहमन्त्रालयसँग भएको डाटालाई यो सर्भरमा जोडर यसलाई कार्यन्वयनमा ल्याउन सकिन्छ। यो कामको ७०-८० प्रतिशत काम सम्पन्न समेत भइसकेको उनले जानकारी दिएका छन्।

 

सरकारले अब नागरिकका हरेक तथ्यांक एकीकृत डेटा प्रणालीमा संकलन गरी त्यसैलाई आधार मानेर सेवा प्रदान गर्ने तयारी गरेको छ।

 

यसका साथै एसै एपमार्फत पछिगएर सरकाले कुनै नागरिकले पासपोर्ट लिएको छैन भने, अनलाइन फम भर्न, त्यहिबाट पैसा तिर्न मिल्नेसम्मको काम गर्ने अलीले बताए। उनका अनुसार उक्त एपले प्रयोगकर्तालाई लाइसेन्को फम भरिसकेपछि सरोकारवाला संस्था अथवा मन्त्रालयमा फम पुगे नपुगेसम्मको जानकारी दिनेछ।

 

एप सबै मन्त्रालय, विभाग, कार्यलयसँग जोडिएको हुनाले हरेका विषयमा नागरिकलाई सुसूचित गर्ने काम यसैबाट हुनेछ। यो काम सम्पन्न भएको खण्डमा अहिलेसम्म नागरिकले सरकार खोजि रहेको अवस्थामा परिवर्तन भएर सरकालरले नागरिलाई खोज्ने उनले बताएका छन्।

 

उनका अनुसार यसमार्फत सरकाले अनुगमन गरिरहेको हुनेछ। यसमा अनलाई पेमन्ट समेत जोडिने भएकाले त्यसैमार्फत नागरिकले सरकारी कार्यलयमा बुझाउनुपर्ने दस्तुर सहजै बुझाउन सक्नेछन्।


व्यक्तिगत प्यान नम्बर अनिवार्य
सरकाले व्यक्ति गत प्यान नम्बरलाई अनिवार्य गर्ने भएको छ। त्यसका लागि सरकाले नागरिकता लिन समयमै व्यक्तिलाई प्यान नम्बर उपलब्ध गराउने अवधारण अघि बढाएको आईटी विज्ञ अलीले बताएका छन्।

 

अहिले प्यान नम्बर लिए पनि हुन नलिए पनि हुने अवस्थामा अब भने प्यानलाई अनिवार्य गर्न लागिएको हो। नागरिकले सरकालाई जन्मदेखि मरेसम्म विभिन्न क्षेत्रमा पैसा तिरिरहेको हुन्छ। तर, उसले सरकालाई तिरेको रकमको कुनै लेखाजोखो नभएको भन्दै सरकाले यसलाई अनिवार्य गर्न लागेको अलीले बताएका छन्।

 

उनका अनुसार यसले सरकारलाई कुन व्यक्तिले अहिलेसम्म कति कर तिरेको छ भनी सहजै बुझ्नुका साथै उसँग अवैध धन कति छ वा छैन भनेर हेर्न समेत सहयोग पुग्नेछ। भने, नागरिकले पनि आफूले सरकारलाई कति कर तिरेको छु भन्ने आफैले हेर्न र जानकारी लिन पाउँछन्।

 

त्यसका लागि नागरिकता लिँदा प्यान नम्बर पनि सँगै दिनु पर्ने नियम बनाउन लागिको हो। पुराना नागरिकता हुनेको हकमा भने एसएमएसको पठाएको भएरमा प्यान नम्बर लिन सकिने व्यवस्था गर्न अवधारण ल्याइएको उनले बताए।

व्यक्तिगत विवरण एप

विशेष