News स्वास्थ्य

नीलो प्रकाशदेखि सावधान ! यसले गराउँछ क्यान्सर

नीलो प्रकाशदेखि सावधान ! यसले गराउँछ क्यान्सर

काठमाडौं । आजकल एलईडी स्क्रीन वा बल्बबाट निस्कने नीलो प्रकाशले क्यान्सरको खतरा बढाइरहेको छ । ब्रिटेन विश्वविद्यालय र बार्सिलोना इन्स्टिच्युट फर ग्लोबल हेल्थको अनुसन्धानअनुसार, एलईडी बल्बको प्रकाशले स्तन र प्रोस्टेट क्यान्सरको खतरा डेढ गुणा बढाउँछ । 

 

अनुसन्धानले एलईडी लाइट्सको नीलो प्रकाशले शरीरलाई प्रभावित गर्ने र निद्राको प्याटर्न बिगार्ने देखायो । यसले शरीरको हर्मोन स्तरमा खराब असर पार्छ र स्तन तथा प्रोस्टेट क्यान्सर गराउँछ । यी दुवै क्यान्सर हर्मोनको खराबीकै कारण हुन्छन् ।

 

विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सीका अनुसार, रातमा काम गर्ने मानिसलाई क्यान्सरको खतरा सबभन्दा बढी हुन्छ किनकि उनीहरू राति एलईडी बल्बको प्रकाशमा काम गर्छन् । 

 

यो अनुसन्धान  २० देखि ८५ वर्षको उमेरका चारहजार मानिसमाथि गरियो । यसबाट एलईडीको प्रकाशले क्यान्सर हुने खतरालाई सही बताइयो ।

एजेन्सी
 

क्यान्सर नीलो प्रकाश खतरा

विशेष