News देश

हटाइएको १२ बर्षपछि राजा विरेन्द्रको शालिक राख्ने तयारी

हटाइएको १२ बर्षपछि राजा विरेन्द्रको शालिक राख्ने तयारी

तुलसीपुर । पूर्वराजा स्वर्गीय विरेन्द्र विरविक्रम शाहको शालिक (मुर्ति) हटाएको १२ बर्षवछि पुनः तुलसीपुरमा राख्ने तयारी गरिएको छ  ।जनआन्दोलन २०६२-६३ मा तत्कालिन माओवादी कार्यकर्ताले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराज विरेन्द्र शाहको शालिक तोडफोड गरेर हटाइदिएका थिए । 

 

शालिक हटाएको ठाउँलाई अहिले पनि विरेन्द्र चोकको नामले चिन्ने गरिन्छ । शालिक हटाएपछि विरेन्द्र चोक अहिले मूर्ति बिनाको स्ट्याण्ड (अड्याउने ठाउँ) मात्रै रहेको छ । 

 

यसको संरक्षण र व्यवस्थापनको जिम्मावारी पाएको तुलसीपुर उपमहानगरपालिका–५ नम्बर वडाले पूर्वराजा विरेन्द्रको शालिक राख्ने तयारी गरेको रहस्य सार्वजनिक भएको हो । 

 

वडाले जीर्णोद्धार गरि त्यही ठाउँमा राजा विरेन्द्रको शालिक राख्नका लागि बहुमतले पास गरेको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिए । इतिहासलाई मेटाउने काम कसैले पनि गर्न नहुने बताउँदै अध्यक्ष शाहले बनाउन नसक्नेले बिगार्न पनि नहुने बताए । 

 

‘कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा गरिन्छ । ‘उनका शालिकहरु अहिले पनि संरक्षण गरेर राखिएको छ,’ अध्यक्ष शाहले उदाहरण दिँदै भने– ‘राजा विरेन्द्रले के नै गरेका थिए र  इतिहास त मेटाएर मेटिदैँन नि ।’ 

 

पुरानो शालिक राख्ने कि नयाँ बनाउने भन्ने विषयमा छलफल भइरहेको वडा कार्यालयले बताएको छ । 

विरेन्द्र विरविक्रम शाह शालिक

विशेष