News

इमान्दारीपूर्वक काम गर्ने ठेकेदारलाई सरकारले सम्मान गर्छ : गृहमन्त्री थापा

इमान्दारीपूर्वक काम गर्ने ठेकेदारलाई सरकारले सम्मान गर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा‘बादल’ ले अब को डेढ दशकभित्रमा देशलाई समृद्ध बनाउने योजनाको साथ अघि बढ्ने उद्घोष गरेका छन् ।

 

चितवनको सौराहामा बिहीबार फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विकास र समृद्धीका लागि सरकारले विभिन्न विभिन्न गृहकार्यहरू गरिरहेको बताए । कालो धन जम्मा गर्ने तस्कर र भ्रष्टचारीविरुद्ध कडा रुपमा प्रस्तुत हुुने भन्दै तिनीहरूको पहिचान गरेर सरकारलाई सहयोग गर्न अनुरोध गरे ।  त्यस्तै निर्माणको काममा ढिलाइ गर्ने ठेकेदारहरूको नाम र फोटो उपलब्ध गराउन फोटो पत्रकारहरूलाई आह्वान पनि गरे । 

 

उनले भने‘ समयमै काम नसक्ने ठेकेदारहरूको नाम र फोटो सार्वजनिक गर्नुहोस् । उनीहरूको विरुद्ध आवश्यक अप्रेशन गर्न सरकार तयार छ ।’ विकास गर्छु भनेर ठेक्का लिने तर कमजोर तरिकाले काम गर्ने ठेकेदारलाई दलाल र खलनायकको सज्ञा दिँदै गृहमन्त्री थापाले यिनीहरू विकासको बाधक भएको ठोकुवा गरे । इमान्दारीपूर्वक काम गर्ने ठेकेदारहरूलाई सरकारले सम्मान गर्ने र तिनीहरूलाई नायकको रुपमा अगाडि सानुपर्ने बताए ।
कार्यक्रममा 

गृहमन्त्री रामबहादुर थापा

विशेष