News मुख्य समाचार

किन गरे सुन काण्डका फरार अभियुक्त  खत्रीले  आत्मसमर्पण ?

किन गरे सुन काण्डका फरार अभियुक्त  खत्रीले  आत्मसमर्पण ?

सुन काण्डका फरार अभियुक्त  प्रहरी वरिष्ठ उपरिक्षक(एसएसपी) श्याम खत्रीले  आत्मसमर्पण गर्दै जिल्ला अदालत मोरङमा हाजिर भएका छन् । जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा बयान सुरू भएको छ । अन्तर्रा्ष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी गरी उनको खोजी गरिएको थियो । 

 

एसएसपी श्याम खत्रीलाई सुन सेटिङको नाइके भन्दै विमानस्थलमा रहँदादेखि नै  एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले अदालतमा बयान दिएका थिए । गोरेको बयानअनुसार खत्रीँग सेटिङ मिलाउने छिरिङ घले रहेका थिए । 

 

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।
विदेशबाट सुन बोकेर नेपाल आएका भरिया सिधै खत्रीको कोठामा जाने र त्यहाँ सुन छाडेर बाहिर आउने गरेको समेत गोरेले अदालतमा बयान दिएका थिए। एयरपोर्ट बाहिरका प्रहरी अधिकृतलाई पनि खत्रीले रकम दिने भन्दै हिसाब लिने गरेको बयान गोरेले अदालतमा दिएका थिए । 

 

विमानस्थलमा कार्यरत एसएसपी सुन तस्करी प्रकरण बाहिरिएसँगै फरार थिए ।

श्याम खत्री जिल्ला अदालत मोरङ

विशेष