भरुवा बन्दुकसहित चार जना पक्राउ
काठमाडाैं ।डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन । विशेष सूचनाको आधारमा मंगलबार गन्यापधुरा गाउँपालिका–३ मा तीनवटा बन्दुकसहित पक्राउ परेका चार जनालाई बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा गन्यापधुरा–३ कान्तिपुरका ३५ वर्षीय केशबबहादुर शाही, सोही ठाउँका ५३ वर्षीय शंकरबहादुर शाही, २९ वर्षीय कर्णबहादुर भूल र ३० वर्षीय टेकबहादुर भूल रहेका छन् । अवैध बन्दुकसहित पक्राउ परेका व्यक्तिहरु अपराधिक समूहका भनई सिकारी हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले जानकारी दिएअनुसार केशवबहादुरले कर्णबहादुर र टेकबहादुरको अवैध एकनाले दुई थान भरुवा बन्दुक लुकाउनमा सहयोग गरेका थिए ।। उनीहरुमाथि हातहतियार खरखजाना ऐन, २०१९ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।
‘ अनुसन्धानका क्रममा अवैध ठहरिएमा र खरखजाना ऐन, २०१९ दफा २० अनुसार तीन वर्षदेखि पाँच वर्षसम्म कैद वा ६० हजारदेखि एक लाखसम्म जरिवाना हुन्छ ।’ पत्रकार सम्मेलनको क्रममा जोशीले भने ।
डडेल्धुरा केशवबहादुर कर्णबहादुर टेकबहादुर