News रोजगार

३२ हजार कर्मचारी घरका न घाटका

३२ हजार कर्मचारी घरका न घाटका

काठमाडौं । देशका विभिन्न सरकारी कार्यालयमा कार्यरत ३२ हजार कर्मचारीको अवस्था अहिले न घरको न घाटको जस्तो भएको छ । उनीहरुलाई स्थायी गर्न सकिने नसकिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

 

यसबारे सोध्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङको जवाफ यस्तो  । करार कर्मचारी नियुक्ति गरिएको कार्यालय र विभागलाई नै यस विषयमा जानकारी हुन्छ । हामीलाई होइन ।

 

तर, करार कर्मचारीले सरकारले आफूहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले आफूहरुलाई तत्काल स्थायी गरिनुपर्ने माग गरेका छन् । याे खबर आजको नेपाल समाचारपत्रमा छ ।
 

कर्मचारी

विशेष