विदेश प्रवास

लिबियाको निर्वाचन कार्यालयमा आक्रमण, १४ जनाको मृत्यु

लिबियाको निर्वाचन कार्यालयमा आक्रमण, १४ जनाको मृत्यु

त्रिपोली । लिबियाको निर्वाचन आयोगको कार्यालयमा भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

 

राजधानी त्रिपोलीमा रहेको कार्यालयमा बुधबार हिंसात्मक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन् । लिबियाको स्वास्थ्य मन्त्रालयले १४ जनाको मृत्यु भएको र अरु दश जना घाइते भएको पुष्टि गरेको छ । 

 

आक्रमणबाट आयोगको कार्यालय भवन पूर्णरुपमा ध्वस्त भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । इस्लामिक स्टेट (आइएस) का लडाकूहरुले कार्यालयमा आक्रमण गरेको अधिकारीहरुले दाबी गरेका छन् । 

 

आत्मघाती बम हमलाकारीहरुले बुधबार बिहान आक्रमण गरेका हुन् । संयुक्त राष्ट्रसंघीय मिसनको सहयोगमा लिबियामा यस वर्षको अन्त्यतिर राष्ट्रपति र संसदको निर्वाचनको तयारी भइरहेको छ । 

आक्रमण लिबियाको निर्वाचन आयोगको कार्यालय

विशेष