News अर्थ प्रदेश ४

प्रदेश ४ मा १ अर्ब २ करोड बजेट प्रस्ताव

प्रदेश ४ मा १ अर्ब २ करोड बजेट प्रस्ताव

कास्की । प्रदेश नम्बर ४ का अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब २ करोड बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभएको छ ।

 

वित्तिय समानिकरण अनुदानको रुपमा आएको १ अर्ब २ करोड ५ लाखको बजेट अन्तर्गत पुँजीगततर्फ ५३ प्रतिशत अर्थात् ५४ करोड १ लाख २५ हजार र चालुतर्फ ४७ प्रतिशत अर्थात् ४८ करोड ३ लाख ७५ हजार विनियोजन गरिएको छ । 

 

मन्त्री गुरुङले बजेटमा पर्यटन क्षेत्रको विकास र विस्तार, ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धन, कृषि क्षेत्रको व्यवसायीकरण, औद्योगिक क्षेत्रको विकास र विस्तार, भौतिक पूर्वाधारको निर्माणजस्ता विषयलाई प्राथमिकतामा राखिएको बताए । 

 

सरकारको नीति तथा कार्यक्रमलाई नै कार्यान्वयन गर्ने गरी प्रादेशिक संरचनाको प्रबन्ध मिलाउने, लगानी मैत्री वातावरणको सिर्जना गर्ने, रोजगारीका अवसर प्रदान गर्ने, गरिबी निवारण गर्ने, भौगोलिक तथा सामाजिक सन्तुलनसहितको प्रादेशिक विकास गर्ने उद्देश्य बजेटले राखेको छ ।

प्रदेश ४ बजेट प्रस्ताव

विशेष