News अपराध सुरक्षा प्रदेश २

दाइजोमा मोटरसाइकल नपाउँदा ससुराले गरे बुहारीकाे हत्या, ससुरासिहत ४ जना पक्राउ

दाइजोमा मोटरसाइकल नपाउँदा ससुराले गरे बुहारीकाे हत्या, ससुरासिहत ४ जना पक्राउ

पर्सा । थप दाइजोको रुपमा माग गरिएको बुलेट मोटरसाइकल केटी पक्षले नदिएकै कारण वीरगन्ज महानगरपालिका–३१ इस्लामपुर अफरोज आलमकी २१ वर्षीय श्रीमती अन्जुम आराले ज्यान गुमाउनुपरेको छ। 

 

बैसाख १८ गते बिहान ९ बजे देवरको कोठामा अन्जुमको शव प्रहरीले शंकास्पद अवस्थामा फेला पारेको थियो। अन्जुम देवरको कोठामा गई आफ्नो  दुपट्टाले पासो लगाई आत्महत्या गरेको ससुराली पक्षले प्रहरीलाई जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। शव भुइँमा रहेको अवस्थामा फेला पारेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

 

घटनाको अनुसन्धान गर्दै जाँदा ससुराली पक्षले दिएको जानकारी र घटनाको प्रकृति फरक भेटिएपछि अनुसन्धानका लागि तीन महिला र एक पुरुष गरी चार जनालाई नियन्त्रणमा लिइएको उनले बताए।

 

उनका अनुसार अन्जुमको शव फेला परेको कोठा खुल्ला रहेको, अन्जुमले लगाएको चुरा उनकै कोठामा फुटेर छरिएको अवस्थामा फेला परेको, अन्जुमको घाँटीमा परेको डाम शंकास्पद देखिनाका साथै ससुराली पक्षले घटनाबारे दिएको बयान र घटनास्थलको प्रकृति मेल नखाएको प्रहरीको भनाइ छ। आवश्यक अनुसन्धानका लागि अन्जुमका ससुरा कमरुदिन फकिर, सासू हुसना खातुन, नन्द अंगुरी खातुन र फुफू सासू जमिला खातुनलाई नियन्त्रणमा लिइएको हो। 

 

पाँच महिना अगाडि रोजगारीका लागि कतार गएका अफरोजले गएको १६ गते फोन गरी बुलेट मोटरसाइकल माग गरेको र नदिए राम्रो नहुने चेतावनी समेत दिएको अन्जमुका आमा रोशन जहाँले बताइन्। उनले घटनाभन्दा एक दिनअगाडि अन्जुमले फोन गरी मोटसाइकल नदिएका कारण ससुराली पक्षले आफूलाई धेरै दुःख दिएको गुनासो गरेको पनि बताइन्।

 

१८ महिनाअघि अफरोजसँग अन्जुमको विवाह गर्दा भारु २ लाख ५० हजार नगद र एउटा भैंसी दाइजो दिएको अन्जुमका पिता भारत विहार रमगढवा थाना पलनवा गाउँ निवासी हुन्।

 

विवाह भएको ५/६ महिनापछि नै थप दाइजोको रुपमा बुलेट मोटरसाइकलको माग गर्दै छोरीलाई कुटपिट गर्दै आएको र एक वर्षअगाडि सो विषयलाई लिई इस्लामपुरमा भद्रभलादमीलाई राखी पञ्चायती समेत गरिएको थियो।

 

चालु आर्थिक वर्षको गएको १० महिनामा पर्सामा दाइजोकै कारण प्रताडणा खेप्न नसकी २६ जना महिलाले आत्महत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।रासस

दाइजो ससुराले गरे बुहारीकाे हत्या

विशेष