News स्वास्थ्य

औषधि कसले खान्छ ? धमिराले !

औषधि कसले खान्छ ? धमिराले !

चितवन । औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो- बिरामीले । तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ ।

 

अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६ प्याकेट धमिराले नष्ट गरेको हो । अस्पतालबाटै प्राप्त जानकारीअनुसार म्याक्सले ग्लिभिक वर्षमा ४ हजार ५ सय प्याकेट सहयोग गर्छ । 

 

त्यसको मूल्य एक अर्ब सात करोड रुपैयाँ बराबर पर्छ । यसका आधारमा एक प्याकेटको २ लाख ३७ हजार ७ सय ७८ रुपैयाँ हाराहारी हुन आउँछ ।

 

धमिराले नष्ट गरेका ३६ प्याकेटको ८५ लाख ६० हजार रुपैयाँ पर्छ । म्याक्स फाउन्डेसनले सहयोग गरेका कारण बिरामीले यो नि:शुल्क पाउँदै आएका छन् ।

 

उसले सन् २००४ देखि ग्लिभिक, सुटेनजस्ता औषधि उपलब्ध गराउँदै आएको हो । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।
 

औषधि धमिरा

विशेष