News अर्थ

पाइपलाइनबाट डिजेल मात्रै ढुवानी

पाइपलाइनबाट डिजेल मात्रै ढुवानी

काठमाडौं । निर्माणाधीन मोतीहारी रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र ढुवानी हुने भएको छ । डिजेलको खपत अत्याधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्र ढुवानी गर्न लागिएको हो ।

 

सीमा क्षेत्रको इन्धनको मूल्यमा फरक भएपछि तराईमा डिजेलको माग ह्वात्तै बढेको छ । निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ९२ पैसा र डिजेलमा २४ रुपैयाँ ६१ पैसा सस्तो छ ।

 

सस्तो भएपछि माग बढेको हो । मालबाहक सवारी साधनहरु नेपालबाटै इन्धन भरेर जाने गर्छन्  भारतीय सवारीहरु पनि इन्धन भर्न आउने गरेका छन् ।


 निगमका एक अधिकारीले भने, जसले गर्दा तराईमा माग उच्च छ । मागलाई सम्बोधन गर्न पनि डिजेलमा जोड गरेको निगमको दाबी छ । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।


 

पेट्रोलियम पाइपलाइन

विशेष