दुई मोटरसाइकलमा आगलागी

फार्इल तस्वीर
भक्तपुर । भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटी चोकमा पार्किङ गरिराखेको दुई मोटरसाइकलमा आज आगलागी भएको छ ।
हरिप्रसाद दाहालको घरमा तरकारी पसल सञ्चालन गर्दै आएका सर्लाही लालबन्दी नगरपालिका–४ का माधव मैनालीको बा.९प. ३१०१ र सोही स्थानमा रहेको खाजाघरमा काम गर्ने काभ्रे बनेपाका विनोद तामाङको बा.५९प. २२६६ नंको मोटरसाइकलमा आगलागी भएको हो ।
मोटरसाइकलमा अज्ञात व्यक्तिले आगो लगाइदिएको हुनसक्ने मैनालीले बताउनुभयो । घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।
भक्तपुर मोटरसाइकल आगलागी