सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सकियाे

विराटनगर । जिल्ला अदालत मोरङमा सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्याको सम्बन्धमा आज पाँच जनासँग बयान लिने कार्य सम्पन्न भएको छ ।
जिल्ला अदालतका न्यायाधीश नारायण शर्मासमक्ष बिहीबारदेखि शुरु भएको छ जनाको बयानमध्ये आज पाँच जनाको बयान कार्य सम्पन्न भएको र एक जनाको आइतबार बयान लिने कार्य हुने स्रेस्तेदार नवराज दुलालले बताए ।
यसरी बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, नरेन्द्र कार्की, मदनप्रसाद घिमिरे, राजनकुमार र मोहन काफ्ले रहेका छन् ।
निजमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचारी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ ।
यस घटनामा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएकामध्ये छ जनाको बयान कार्य बिहीबारदेखि शुरु भएको हो । रासस