News अर्थ समाज

छात्रवृत्ति लिन निजी छोडेर सामुदायिक विद्यालय

छात्रवृत्ति लिन निजी छोडेर सामुदायिक विद्यालय

काठमाडौं । सफल सामुदायिक विद्यालय मानिएको बाफलस्थित ज्ञानोदय माविमा यो वर्ष शैक्षिक सत्र सुरु भएपछि कक्षा १ मा जम्म ३० विद्यार्थी मात्र भर्ना भएका छन् तर कक्षा ९ मा भो ७५ जना भर्ना भएका छन्। 

 

बाँकी कक्षामा पनि थोरै नै विद्यार्थी भर्ना भएका छन्। यो विद्यालयमा बर्सेनि वूर्वप्राथमिक र आधारभूत कक्षा (१–८) को तुलनामा कक्षा ९मा भर्ना हुने विद्यार्थी संख्या धेरै हुनछ। यसरी कक्षा ९ मा भर्ना हुने विद्यार्थीमध्ये अधिकांश निजी विद्यालयबाट आउँछन्। 


विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जनले भने, ‘सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले उच्च शिक्षा अध्ययनमा राज्यले दिने छात्रवृत्ति कोटामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्थाले गर्दा आधारभूत तह निजीमा पढेर कक्षा ९मा सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेको छ।’ 

 

थानकोटस्थित मंगलोदय माविमा पनि कक्षा १ मा आठ मात्र नयाँ विद्यार्थी थपिएका छन् तर कक्षा ९ मा भने २२ नयाँ वद्यार्थी भर्ना भएका छन्। कक्षा ९ मा भर्ना हुने क्रम अझै रोकिएको छैन। 

 

सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीले कक्षा ११ देखि स्नातकोत्तरसम्म अध्ययनको छात्रवृत्तिमा प्रतिस्पर्धा गर्न पाउने कारण कक्षा ९ मा गएर सामुदायिकमा भर्ना गर्ने क्रम बढेको बताइन्छ। याे खबर अाजकाे अन्नपूर्णा पाेस्टमा छ।
 

सामुदायिक विद्यालय छात्रवृत्ति

विशेष