News

काठमाडौंबाट दाङका लागि छुटेको बसमाथि बम प्रहार

काठमाडौंबाट दाङका लागि छुटेको बसमाथि बम प्रहार

काठमाडाैं । काठमाडौंबाट दाङको तुलसीपुरका लागि छुटेकाे यात्रुबाहक बसमाथि बम प्रहार भएकाे छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्बरको बसमा शनिबार बिहान बम प्रहार भएको बताइएकाे छ ।

 

प्रालिका अध्यक्ष सुमन पोख्रेलका अनुसार गोरुसिंगेको वनगैमा दुईजनाको समूहमा आएका युवाहरुले पेट्रोल बम प्रहार गरेका हुन्। बम प्रहारबाट गाडीमा आगो सल्किँदै गरेको अवस्थामा यात्रुहरुले आगो नियन्त्रणमा लिएकाले क्षति हुनबाट बचेको थियाे ।

 

अहिले बस अहिले गोरुसिंगेमै राखिएको छ। साथै प्रहरीले अनुसन्धान गरिरहेकाे बताइएकाे छ । 
 

बस बम प्रहार

विशेष