News राजनीति

केही प्राविधिक कारणले पार्टी एकतामा ढिला भयोः प्रधानमन्त्री ओली

केही प्राविधिक कारणले पार्टी एकतामा ढिला भयोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही प्राविधिक कारणमा अल्झिएकाले पार्टी एकताको घोषणा गर्न नसकेको बताएका छन् ।  कार्लमार्क्स जन्म द्धिशतबार्षिकीका असरमा एमाले स्थायी समितिले शनिबार राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्ल मार्क्सको जन्मदिवसको अवसरमा पार्टी एकता घोषणा गर्ने सोच भएपनि केही प्राविधिक कुराले अल्झाएको बताएका हुन् । 

 

प्रधानमन्त्री ओलीले जनताको प्रणाली भएको देशको रुपमा मुलुकलाई विकास गरेर सम्बृद्धि र सुखी नेपालीको रुपमा अगाडि लैजाने लक्ष्य सरकारको भएकाले अब भने साना तिना विषयमा अल्झेर नबस्ने स्पष्ट पारे ।


माक्र्सवादको प्रयोग गर्ने विन्दुमा आईपुगेको कम्युनिष्ट आन्दोलन अब जनवादी र समाजवादी क्रान्तितर्फ उन्मुख हुने बताउँदै उनले कम्युनिष्टहरु कहिलेकाहीँ शब्दहरुमा अलमलिने गरेको दाबी गरे ।  उनले कम्युनिष्टहरुले पूँजीवादी क्रान्ति भने कहिल्यै पनि नगर्ने स्पष्ट पारे ।

 

अर्को एक प्रसंगमा नेपाली कांग्रेसप्रति इंगित गर्दै उनले अल्मलिएर जनताले बहुमत दिएकाहरु सरकारमा पुगेकाले विगतमा प्रजातन्त्रको गलत व्याख्या भएको आरोप लगाए ।

 

कार्लमार्क्स जन्मेको २ सय बर्ष पुगेको अवसरमा एमाले स्थायी समितिले कार्लमार्क्स जन्म द्धिशतवार्षिकी कार्यक्रम आयोजना गरेको हो ।

केपी शर्मा ओली पार्टी एकता

विशेष