विदेश

ट्रम्पले किमलाई भेट्ने मिति र स्थान तय

ट्रम्पले किमलाई भेट्ने मिति र स्थान तय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जङ अनसँग भेट्नका लागि मिति र स्थान तय भइसकेको बताएका छन् । ह्वाइट हाउसबाहिर अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले  त्यसबारे छिट्टै घोषणा गरिने जानकारी गराए ।

 

उनले उक्त भेटबाट धेरै राम्रा कुराहरू हुने अपेक्षा राखेको पनि बताए । तर त्यसअघि उक्त बैठकबारे छलफल गर्न ट्रम्पले मे २२ मा दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई ह्वाइट हाउसमा भेट्ने भएका छन् । 

 

ट्रम्प र उत्तर कोरियाका नेता किम जङ अनबीच मेको अन्त्य वा जुनमा हुने ठानिएको बैठकअघि दुई नेताबीच यो भेटवार्ता हुन लागेको हो । यसअघि ट्रम्पले बैठकका लागि समय र स्थान तय भएको बताएका थिए । तर त्यसबारे थप विवरण भने खुलाएका थिएनन् ।

 

उनले अमेरिकाले प्योङयाङसँग यसबारे विस्तृत वार्ता गरिरहेको र उत्तर कोरियामा हिरासतमा रहेका अमेरिकी नागरिकहरूलाई के भयो भन्ने विषयमा धेरै छलफल भइरहेको बताएका थिए ।
 

डोनल्ड ट्रम्प किम जङ अन

विशेष