News

हडतालमा उत्रिएका यातायात व्यवसायी नियमित सेवामा फर्किए

महासंघले समिक्षाका लागि बैठक बाेलायाे

हडतालमा उत्रिएका यातायात व्यवसायी नियमित सेवामा फर्किए

काठमाडौं । सिन्डिकेटकाे पक्षमा हडताल गर्दै अाएका यातायात व्यवसायीहरु शनिबारदेखि हडतालका कार्यक्रम फिर्ता लिएका छन् । आज बिहानैदेखि उनीहरु आफ्नो नियमित सेवामा फर्किएका छन् ।

 

विज्ञप्ति जारी गरी आफ्नो आन्दोलनका कार्यक्रम सफल भएको दाबी गर्दै यातायात व्यसायीले शनिबारदेखि नियमित यातायात सुचारू हुने जनाएका हुन् । सिन्डीकेटको पक्षमा भएको देशव्यापी आन्दोलन प्रत्युतपादक भएपछि उनीहरुले शनिबारकै लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको बैठक बोलाएका छन्।

 

पक्राउ परेका यातायात व्यवसायीलाई रिहाई र महासंघले उठान गरेको मागलार्इ वार्ताद्वारा सम्बोधन गर्न सरकारसँग उसले माग गरेको छ । शुक्रबार देशभरका सार्वजनिक यातायात सञ्चालन नगरेपछि प्रहरीले एकै दिनमा देशभरीबाट ७३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको थियो।

 

 उनीहरुविरुद्ध मुद्दा चलाउने सरकारको तयारी छ । यदी उनीहरुले अबदेखि यातायात क्षेत्रमा हडताल नगर्ने भनेर कागज गरेमा छाड्ने रणनीति गृह मन्त्रालयको छ। पक्राउ परेका व्यवसायीहरु छुटाउन गृह मन्त्रालयका अधिकारीहरुसँग छलफल भइरहेको यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए । 

 

सरकारले यातायात समितिहरु खारेज गर्दै यातायात व्यवसाय गर्न कम्पनी दर्ता अनिवार्य गरेको छ। त्यस्तै देशभरी रुट परमिट खुला गरेपछि सिन्डिकेटको आधारमा यातायात व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्। तर, सरकार निकै आक्रामक रुपमा प्रस्तुत भएपछि उनीहरु पछि हट्ने अवस्थामा पुगेका छन्। 

यातायात सिन्डिकेट

विशेष