राजनीति भिडियो कभर स्टोरी अन्तरवार्ता

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

प्रचण्ड कमरेड कि जनावर ?

गोपाल किराँतीको खुलासाः विप्लवलाई सके थुन्ने, नसके हत्या गर्ने दाउमा वाम–सरकार ! (भिडियो)

काठमाडौं । गत आसोजमा नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी तालमेल पार्टी एकतातिर मोडियो । अन्ततः दुबै पार्टीका प्रमुख नेताहरुले एकता प्रक्रियाबाट पछि हट्न नमिल्ने बताउँदैआएका छन् ।

 

माओवादी केन्द्रका थुप्रै नेताहरु भने यो प्रक्रियाबाट असन्तुष्ट छन् । गत असोजमै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलको निर्णय गरेलगत्तै गोपाल किराँती लगायत केही नेताहरुले कडा आपत्ति जनाए ।

 

माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज समेत रहेका किराँतीको अगुवाइमा अहिले एउटा समूह नै छ, जसले आफूलाई आधिकारीक माओवादी ठान्दैआएको छ । पार्टी एकताको परिस्थिति परिपक्व बन्दै जाँदा किराँती लगायत नेताहरु भने माओवादी केन्द्र पुनर्गठनको अभियानमा सक्रिय छन् ।


उनीहरुले बनाउन लागेको पुनर्गठित माओवादी केन्द्र कस्तो बन्नेछ ? कुन कुन समूहसँग सहकार्य हुँदै छ ? गृहकार्य कहाँ पुग्यो ? पुनर्गठित माओवादी केन्द्रले पछ्याउने बाटो कस्तो हुनेछ ? यी विषयबारे हामीले विशेष बहस गरेका छौँ । नेपालआजका लागि लोकेन्द्र भट्टले गरेको यो अन्तरवार्तामा किराँतीले बिचारोत्तजक धारणा राखेका छन् ।

 

माओवादी केन्द्र र एमालेको एकता प्रक्रियाबारे उनी आक्रामक रुपमा प्रस्तुत भएका छन् । साथै केपी ओली, प्रचण्ड लगायत नेताहरुको गतिविधिलाई ‘बाँदरे प्रबृत्ति’भन्दै किराँतीले त्यसप्रति चरम असन्तुष्टि पोखेका छन् ।

 

‘हिजो जुन चिजको प्राप्तिका लागि लडियो आज त्यही कुरालाई एमालेको संसदवादी भाँडोमा खान्याउन खोज्दै छन् प्रचण्ड । यसको हामी प्रतिकार गर्छौँ,’ किराँतीले भने, ‘माओवादीबाट छुटिएका अन्य दलसँग सहकार्य गरेर भए पनि प्रचण्डलाई चुनौती दिएरै छोड्छौँ ।’


विप्लवसँग सहकार्य
 

किराँतीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर फेरि क्रान्ति सुरु गर्ने चेतावनी दिएका छन् । किराँतीले भने, ‘प्रचण्डबाट छुटिएर क्रान्ति गर्छु भनेर हिँडेका रामबहादुर थापा बादल, मात्रिका यादवहरुले जनताका लागि नभइ मन्त्रीका लागि क्रान्ति गरेका रहेछन् । ७० को चुनावमा मतपेटीका जलाउने, बगाउने यसकै लागि रहेछ ।’

 

केपी शर्मा ओली सरकारले पनि विप्लवलाई पक्राउ पुर्जी काटेर झनै ‘क्रान्तिकारी हिरो’ बनाएको उनले बताए । यसबाहेक विप्लवमाथि वाम–सरकारले षड्यन्त्र गरिरहेको उनको भनाइ थियो ।


‘प्रचण्डलाई चिन्न सकिएन’
 

कुनै बेला प्रचण्डको निट भनी चिनिएका किराँतीले नेपालआजसँगको अन्तरवार्तामा समयमै प्रचण्डलाई चिन्न नसकेकोमा पछुतो रहेको पनि बताए । ‘संघीय लोकतन्त्रिक गणतन्त्रमाथि संसदीयकरण भइरहेको छ, यसलाई रोक्नको साटो प्रचण्ड आफैँले हाम फाले । यसलाई नयाँ जनवादी क्रान्ति वा समाजवाद तिर लैजानु पथ्र्यो त्यसो गर्न उनले चाहेनन्,’ किराँतीले भने ।

 
वाम–सरकारको आगामी कामबारे एउटा गीतको प्रसंग निकाल्दै नेपाली जनताले ५ वर्षभित्रै ‘मायाँ गर्नेको चोखो माया पनि देखियो...’ भन्ने गीत गाउनुपर्ने दिन आउने ठोकुवा किराँतीको छ । यस्तै आवस्यक परेको खण्डमा विप्लवहरुसँगै मिलेर हतियार उठाउनसक्ने किराँतीले बताए ।


प्रचण्डप्रति आक्रोश
 

‘हिजो आफैँले उत्तारधिकारीको निर्माण गर्नुपर्छ भनी पाठ पढाएका थिए । नभए प्रतिक्रान्ती सुरु हुन्छ । यसबारे उनले सोच्नुपथ्र्यो । माओ र लेनिनले बुद्धी नपुर्याउँदा प्रतिक्रान्ति भएको उनलाई थाहा छ । माओको भनाइ नै छ, गल्ती गरिसकेपछि फेरि दोहोर्याइरहने मानिस जनवारको हो । यस हिसावले प्रचण्डले गल्ती गरिसके र गल्ती दोहोर्याउँदै छन् । उनी मानिस हैन जनावर हुन् ।’ प्रचण्ड कमरेड की जनवार ? विज्ञानले त जनवारको उपमा दिइसकेको छ । अझै सच्चिने ठाउँ छ । तर उनी अझै १० वर्षसम्म नेतृत्वमै रहने संकेत देखिएको छ । आजीवन नेतृत्वमा रहिरहने प्रचण्डको मानसिकता जनवार प्रवृतिको छ ।’


पार्टी एकताबारे 
 

किराँतीले एमालेमा मौलाएको गुट प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै एमाले नेताहरुलाई मानव जातीमा रुपान्तरण हुने प्रजातीको बाँदर नभइ पशुपतिमा हिँडिरहने बाँदर भएको आरोप लगाएका छन् ।

 

‘क्रान्तिका हिसाबले एमाले बाँदर हो । बाँदरहरुमा को अध्यक्ष, को उपाध्यक्ष बन्ने ? भनेर फुर्ती नलगाए हुन्छ,’ उनले भने, ‘र प्रचण्ड पनि एमालेमा गएपछि त्यस्तै हालत हुन्छ । एमालेकै नेताहरुले प्रचण्डलाई कारबाही गर्छन् ।’

प्रचण्ड केपी अाेली वाम एकता विप्लव एमाले माअाेवादी गाेपाल किराँती

विशेष