News

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

अन्य तीनजनालाई वरिष्ठ पत्रकारको सम्मान

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

काठमाडौँ । सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. महेन्द विष्ट र डा. राजेश अहिराजलाई प्रदान गर्ने भएको छ । संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार डा. विष्ट र डा. अहिराजलाई दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

 

सोमबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सरकारले सो पुरस्कार वितरण गर्ने योजना बनाएको छ ।  त्यसैगरी सरकारले वरिष्ठ पत्रकारको सम्मान भने बबिता बस्नेत, नीमबहादुर बुढाथोकी र कौशल चेम्जोङलाई दिने भएको छ ।

 

राज्यमन्त्री बास्कोटाले प्रेस स्वतन्त्रता हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मर्यादित ढंगले पत्रकारिता गर्न संचारकर्मीहरुको ध्यानाकर्षण गराए ।

 

राज्यमन्त्री बास्कोटाले प्रेस स्वतन्त्रता हनन् हुन्छ कि भनेर चिन्ता लिने अवस्था नरहेको पनि बताए । सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर पत्रकारहरुलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । 

 

पाँचैजना पत्रकारहरुले सोमबार शीतलनिवासमा एक कार्यक्रमवीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुरस्कार र सम्मान ग्रहण गर्नेछन् ।

पुरस्कार डा. महेन्द विष्ट डा. राजेश अहिराज

विशेष