घुससहित पक्राउ परेका उपसचिवसहित दुईजना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । घुस लिदै गरेकाे रकम सहित पक्राउ परेका काठमाडौको बुढानिलकण्ठ नगरपालिकाको कार्यालयकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २ बाँडेपाखामा पानी ट्याङ्की बनाइसकेपछि अन्तिम विल भुक्तानी र कार्य अनुभवपत्र दिने क्रममा उनीहरुलाई सेवाग्राहीसँग ५, लाख रुपैया घुस लिंदै गर्दा पक्राउ गरि विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा दुवैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकोले उनीहरुलाई जनही पाँच लाख रुपैया विगो त्यसै अनुसार जरिवाना र छ महिना देखी डेढ बर्षसम्म कैद सजाय माग गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।
बुढानिलकण्ठ नगरपालिका बीजेन्द्र श्रेष्ठ लीला अधिकारी