News

वैदेशिक रोजगारीमा जानेहरुका लागि विमानस्थलमा सहायता कक्ष

वैदेशिक रोजगारीमा जानेहरुका लागि विमानस्थलमा सहायता कक्ष

काठमाडौं  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजागारीमा जाने नेपालीहरुका लागि लक्षित गर्दै सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। 

 

वैदेशिक रोजगारी सम्बन्धी सूचना कक्ष, प्रतीक्षालय र शव बुझ्नका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका प्रमुख रघुराज काफ्लेले बताए।

 

रोजगारीमा जाने क्रममा समेत धेरै कुरा बुझ्न जरुरी हुने भएकाले यस्तो कक्ष सञ्चालनमा ल्याइएको उनले जानकारी दिए। विदेशमा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउँदा विमानस्थलमा राख्ने ठाउँ नहुँदा समस्या भएकाले अलग्गै कक्ष व्यवस्था गरिएको उनले बताए। 

 

‘आफन्तहरुले खुला र आगमन कक्षमा नै शव बुझ्नुपर्दा अस्वाभाविक देखिएको थियो’, काफ्लेले भने, ‘मानवीय पीडा अभिव्यक्त गर्ने ठाउँ समेत पाउन नसकेकाले यस्तो कक्ष सञ्चालनमा ल्याइएको हो।’ 

 

आगमन कक्षको खुला स्थानमा नै शव बुझ्दाका दृश्यहरु अत्यन्त पीडादायी देखिएपछि एक साताभित्र कक्ष बनाउन श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बोर्डलाई निर्देशन दिएका थिए। कक्ष सञ्चालनमा आएपछि अलि सहज हुने बोर्डका प्रमुख काफ्लेले बताए।

 

विमानस्थल सहायता कक्ष

विशेष