News

गृहमन्त्री थापा भन्छन, अब पालो ट्रक क्षेत्रको सिण्डिकेटको

गृहमन्त्री थापा भन्छन, अब पालो ट्रक क्षेत्रको सिण्डिकेटको

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले सवै क्षेत्रको सिण्डकेट अर्थात एकाधिकार तोडेरै छोड्ने दाबी गरेका छन् ।

 

उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिमण्डलसँग छलफल गर्दै गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य शुरुवात मात्रै भएको र अब सबै क्षेत्रको एकाधिकार तोडेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

सरकार अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा रहेको उनले बताए । गृह मन्त्रालयमा भएको भेटमा सरकार कारबाही प्रक्रियाबाट कुनै हालतमा पनि पछाडि नहट्ने दाबी गर्दै गृहमन्त्री थापाले सरकारले सवै खालका सिण्डिकेट अन्त्य गरेरै छोड्ने दोहोर्याए  । 

 

छलफलमा मञ्चका पदाधिकारीले शिक्षा, स्वास्थ्य, बैंक, ट्रक, ट्याङ्कर, लगायत धेरै क्षेत्रमा रहेको एकाधिकार भन्दै चरणबद्ध रुपमा तोड्नुपर्नेमा जोड दिएका थिए । 

गृहमन्त्री रामबहादुर थापा बादल

विशेष