News

निजी स्कुलले अब पाेशाक, पुस्तक र झोलाकाे ब्यापार गर्न नपाउने

निजी स्कुलले अब पाेशाक, पुस्तक र झोलाकाे ब्यापार गर्न नपाउने

काठमाडाैं । विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री गर्दैअाएका निजी विद्यालयहरूका लागि सरकारले कडाइ गर्न थालेकाे छ । उनीहरूले अब आफ्ना विद्यार्थीहरुलाई पोशाक, पाठ्यपुस्तक र झोला बिक्री वितरण गर्न नपाउने भएका छन् । साथै अभिभावकबाट लिँदै आएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने भएकाे छ ।

 

विद्यार्थीले चर्को शुल्क वृद्धि फिर्ताको मुख्य मुद्दा उठाउँदै आन्दोलन गर्दै आएकाे अवस्थामा शनिबार शिक्षा मन्त्रीसमेत उपस्थितमा भएकाे वार्तामा पाँच बुँदे सहमति अनुसार विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

 

सहमति पत्रमा विद्यालय हाताभित्र झोला, ड्रेस र पाठ्यपुस्तक बिक्री वितरण तत्काल रोक्ने उल्लेख छ । निजी विद्यालयले झोला, पाठ्यपुस्तक र मौसमअनुसारको ड्रेस विद्यार्थीहरुलाई उपलब्ध गराउने र त्यसवाफत अभिभावकबाट रकम लिँदैअाएका छन् ।

 

 

निजी स्कुल पुस्तक

विशेष